December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

मेरी आमा

प्रकृतिका कयौँ सुन्दर रचनामध्ये
सबैभन्दा सुन्दर रचना हुन् मेरी आमा
नौ महिनासम्म
गाह्रो साँगुरो केही नभनी
आफ्नो कोखमा राखेर मलाई
यस संसारमा भित्र्याउने देवी हुन् मेरी आमा
आफू जस्तोसुकै कठिन परिस्थितिमा भए पनि
मलाई सँधै सजकताको बाटो देखाउने
मार्गदर्शक हुन् मेरी आमा
आफ्ना दुख लुकाएर
सधैँ मलाई खुसी दिने
मेरो सानो स्वर्ग हुन् मेरी आमा
मेरा हरेक गल्तीलाई
सजिलै माफ गरिदिने जननी हुन् मेरी आमा
अन्यायको सामना गरी
न्यायको साथ दिन सिकाउने गुरु हुन् मेरी आमा
निर्मल, निःस्वार्थ माया मात्र नभई
चेर्का घाममा छाया हुन् मेरी आमा
मेरा हरेक दुखेका घाउमा
मलम लगाउने डाक्टर हुन् मेरी आमा
माया, प्रेम, सुन्दरता, सहनसिल‌ता सबैको
गहिरो खानी हुन् मेरी आमा ।