January 14, 2025, Tuesday
२०८१ माघ २, बुधबार

तिवारीका केही समसामयिक साइनोहरू

१.

सहिष्गुणी जमाना 
पुर्खाैँदेखिको भावना
धर्म ठुलो कि मानवता ?

२.
भोग्यौं तन्त्रको मात्रा
ढापमा भास्सिने यात्रा
जता हेर्‍यो भ्रष्टको जात्रा ।

३.
बाहिरी चलखेल
अस्थिरताको उपज
राष्ट्रिय मुद्दा अलपत्र ।

४.
बधाईको चटारो
जस लिनकै हतारो
परेड खेल्दै छ क्या साह्रो ।

 ५.        
प्रशंसनीय काम
राष्ट्रवादीको छ लाम
इतिहास लेख्दै छ नाम ।

६.          
पूर्वाग्राही मनुवा
विक्षिप्त मानसिकता
तथ्यबिनाको अभिव्यक्ति ।

७.
विभिन्न कालखण्ड
सत्ता जोगाउने खेल
राष्ट्रिय मुद्दा अलपत्र ।

८.
झुकेन वैरीसामु
वीरता पुर्खौली सान
बचाउनु राष्ट्रको मान ।

९.
झोलेवादमा तृप्त
सत्ता मोहमा छ लिप्त
समय खोज्दै छ अमृत ।

१०
राष्ट्रियता कहाँ छ ?
देश लुट्ने प्रतिस्पर्धा
सीमा मिच्छ विस्तारवादी ।

११.
सामाजिक सञ्‍जाल
बेथितिको पराकाष्ठा
सत्यता सूचना प्रवाह ।

१२.
चाकरीको परिणाम
झोलेवाद हजुरिया
सर्वाङ्ग नाँच लाज छैन ।

१३.
गाउँछौ गुणगान
राष्ट्रहितको खातिर
छारो हाल्ने व्यवहार छ ।

१४.
अस्मिता लुटाउने
मिलोमतो जुटाउने
देश आफ्नै हो फुटाउने ।

१५.
महाकाली साक्षी छ
हस्ताक्षर नै घाती छ
सिआईए ‘रअ’माथि छ ।

१६.
नबनोस् है खिन्नता
समय चक्र भिन्नता
बदलिँदो अविच्छिन्नता ।

१७.
माफिया एक झुन्ड
कानेखुसी ठेक्कापट्टा
कुन पार्टीको कार्यकर्ता ?

हेमन्त तिवारी 
पैंयुगाउपालीका-३
बेउलीबास