जिन्दगी मेरो

ओठमा भएको हाँसो ल्याउन पनि
कस्तो श्रम चाहियो ?
जति विद्रोह ल्यायो इच्छाले ल्यायो
न कसैलाई कम चाहियो
न कसैलाई दुःख चाहियो
जिन्दगी फेर्न
समय कुर्दाकुर्दै
समयले जिन्दगी फेरिसकेको हुन्छ
आफ्नै भरोसा नभएको जिन्दगीसँग
कस्तो भरोसा चाहियो ?
जिन्दगी आफ्नो, इच्छा आफ्नो
जिम्मेवारी आफ्नो
नपाएको कुरा खोज्ने क्रममा
पाएको जिन्दगी हराउँदै गर्दा
फेरि भन्छु पूर्ण जिन्दगी चाहियो ?
जिन्दगी भन्छ
मबाट पनि उसलाई केही चाहियो
जिन्दगी मेरो, जिम्मेवारी मेरो, बोध चाहियो
हुन पनि हो
इच्छाको आकाश मेरो
उडानको हौसला मेरो
कर्तव्यको पखेँटा मेरो
मैले मसँगै माग्नुपर्छ-
मलाई यो चाहियो
मलाई त्यो चाहियो ।

लेखकको सम्वन्धमा