जनप्रज्ञा-प्रतिष्ठानले मनायो विश्व कविता दिवस
आज मार्च २१ अर्थात् विश्व कविता दिवस । यही अवसरमा जनप्रज्ञा-प्रतिष्ठानका रूपमा स्थापित साहित्य सदन नेपालले कवि र कवितालाई सम्मान तथा युवा कविहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘कविता महोत्सव २०८०’ को आयोजना गर्यो ।
साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षता, नेपाल प्रज्ञाप्रतिष्ठनका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काइलाको प्रमुख आतिथ्य र नेपाल प्रज्ञाप्रतिष्ठनक पूर्व कुलपति वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीको विशेष आतिथ्यता रहेको उक्त महोत्सवमा साहित्यसदन नेपालका उपाध्यक्ष मित्रलाल पङ्गेनीले स्वागत मन्तव्य राख्नुभयो ।
सो महोत्सवमा साहित्यसदन नेपालले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगिताका उत्कृष्ट पाँच कवि पुरस्कृति गरिए । उत्कृष्ट पाँचमध्ये प्रथमलाई नगद रु. तिस हजार, द्वितीयलाई बिस हजार र तीन जना तृतीयलाई जनही रु. दश हजारका दरले नगद पुरस्कार तथा प्रमाणप्र प्रदान गरियो । कार्यक्रममा तीन सय पैँतालिस कविबाट प्राप्त कविता मूल्याङ्कन गर्दा उत्कृष्ट पाँचमा पर्न सफल कविहरू र बिस जना अतिथि कविहरूका कविता वाचन गरिए ।
राष्ट्रिय स्तरका कविहरूको उपस्थिति रहेको उक्त समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतका अतिथिहरूद्वारा समसामयिक कविताको महत्त्व र विकासका बारेमा प्रस्ट पार्दै कवितासमेत वाचन गरियो ।
कार्यक्रमका अध्यक्ष पौडेलद्वारा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरियो ।
प्रतिकृया दिनुहोस्