December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

किन विश्वासघातको बाटो…

किन विश्वासघातको बाटो रोज्यौ
मेरो नामलाई बदनाम बनायौ

 मलाई किन दुःखमा पुर्‍यायौ
साथ दिन्छु भनी मिठो आशा देखायौ
सारा दुनियाँको अगाडि मलाई नराम्रो बनायौ
यो दिलमा आगो लगाई अर्कैको दिलमा ठाउँ खोज्यौ ।

ढाँटेर गएकी रहेछौ थाहै भएन
अरूसँगै नाता जोडेछौ कसरी सक्छु यहाँ बस्न
दोष सबै मलाई लगाउँछौ रे
मलाई दुखी बनाएर के पायौ तिमीले ।

 केही थियो गल्ती भने भन्न सक्थ्यौ तिमीले
देखायौ आफ्नो वास्तविक पहिचान तिमीले
अव नयाँ जीवनको थालनीमा हुने छु
जस्तोसुकै परिस्थितिको पनि सामना गर्ने छु ।

आफ्ना लागि बाटो म आफैँले बनाउने छु
जीवनलाई सफल बनाउन कोसिस गर्नेछु ।