गजल
![](https://jharanasanchar.com/wp-content/uploads/2024/03/प्रतिज्ञा-अधिकारी-1-1024x576.png)
फर्किएर परदेशबाट एकचोटि त आउँछस् होला नि
हाम्रा लागि नभए नि अंशलाई त आउँछस् होला नि !
तेरा बाले खाई-नखाई कमाएको यो दौलत-सम्पत्ति
बुढेसकालमा आश्रमसम्म लान त आउँछस् होला नि !
अरूका छोरा सरकारीमा पढाउँदा निजीमा पढायौँ तलाईं
मर्नै बेला भो छोरा सुनपानी खुवाउन त आउँछस् होला नि !
एउटा छोरो हो भनी खुबै पुल्पुलाएर हुर्कायौँ हाम्ले पनि
मरे कि जिउँदै छन् अझै भनी हेर्न त आउँछस् होला नि !
सेता कपाल चाउरिएका गाला बिरूप भएका छौँ हामी
सँगै लान नभए पनि औँठाछाप लान त आउँछस् होला नि !
लेखकको सम्वन्धमा