बाध्यता

अम्बिका अधिकारी
रहरहरू धेरै थिए
बाध्यताले मनको इच्छालाई
आँखाले टुलुटुलु हेरेर
चित्त बुझाउनु पर्ने
जुन बेला
आफ्नो इच्छा आकाङ्क्षाले घेरेको हुन्छ
त्यति बेला नपाएको कुराको
बिलौना गाएर के गर्नु
पहाडका फेदमा
कलिला मुना जस्ता सखीहरू
नयाँ नयाँ लुगा लगाएर नाँचेको देख्दा
आँखाको आँसु खसेको पत्तै हुँदैन
इच्छा रहर पूरा गर्ने
बाआमा त भगवान्ले
लगिसक्नु भएछ !
म त नक्कली सपनाहरू भोगेर बसेछु
सम्झेको पनि हुँदैन त्यो कुरा मनमा
बस्ने गर्छ
अचानक कसैले मेरो हैसियत सोध्छ
अम्रिन लागेका आसाहरू अरूले नै
कुल्चे जस्तो लाग्छ
तितो शब्दका वचनले हृदयमा घ्वाच्च
घचेटिँदा
भित्री आत्मा जलेको अनुभव हुन थाल्छ
अनि मात्र
न्याँय खोज्न कता जाऊँ कता
जस्तो लाग्छ
कसैले मिठो बोल्दा पनि झर्के जस्तो
सहने शक्ति हराएर हो कि नबोली हिँड्नु
जस्तो लाग्छ
अरूका बारेमा सोच्दासोच्दै
एउटा जिन्दजी जिउन हरेक चोटि
मर्नुपर्दो रहेछ !!
लेखकको सम्वन्धमा