December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

शिक्षाको महत्त्व

साक्षत दाहाल
कक्षा : ४
भानुभक्त मेमोरियल स्कुल

शिक्षा भनेको केही कुराको अध्ययन गर्नु हो । अथवा केही कुरा जान्नु, सिक्नु हो । जस्तै पुस्तक पढ्न सिक्नु, भात पकाउन सिक्नु, भाँडा माज्‍न सिक्नु, खेल खेल्न सिक्नु आदि शिक्षाका उदाहरण हुन ।

हामीले शिक्षा धेरै ठाउँबाट पाउँछौँ । जस्तै विद्यालयबाट, परिवारंबाट, साथीभाइबाट आदि ।  मैले पढ्न विघालयबाट सिकेँ ।  खेल्न साथीबाट सिकेँ । कथा र कविता लेख्‍न मामु बाबाबाट सिकेँ । घर बढार्न दिदीबाट सिकेँ । शिक्षा दिने मान्छेलाई शिक्षक अथवा गुरु भनिन्छ । त्यसैले विद्यालयका गुरु, साथीभाइ, दिदी, बुबाआमा पनि मेरा गुरु हुनुभयो । 

एक पटक मेरा कक्षामा साथीहरू झगडा गरिरहेका थिए । शिक्षकले तिनीहरूलाई दण्ड दिनुभयो । मैले त्यो घटना देखेँ । अनि झगडा गर्नु हुँदैन भन्ने शिक्षा पाएँ । यसरी केही कुरा देखेर पनि शिक्षा पाउन सकिन्छ ।

शिक्षाको धेरै महत्त्व हुन्छ । शिक्षाले हामीलाई समाजमा मिलेर बस्‍न सिकाउँछ । शिक्षाले नै पढ्न लेख्‍न सिकाउँछ । शिक्षाले पसल गर्न पनि सजिलो बनाउँछ । शिक्षाले गर्दा हामीलाई जीवनमा खुसी बन्न सजिलो हुन्छ । घरका काम गर्न पनि शिक्षाले सहयोग गर्छ । जागिर खान त शिक्षा नभई हुँदैन । यसरी शिक्षाले हामीलाई धेरै ठाउँमा सहयोग गर्छ । त्यसैले हाम्रा जीवनमा शिक्षा धेरै महत्त्वपूर्ण छ ।