भय
अपराध गर्नेलाई फाँसी देऊ सरकार
चौध वर्ष नपुग्दैमा किन बलात्कार ?
आमा किन चिन्ता लिन्थिन् मैले आज बुझें
बलत्कारको कुरा सुन्दा आँखा मेरा रुझे
कसको गर्नु विश्वास यहाँ कसको गर्नु भर
हरकोहीलाई देख्दा पनि लाग्छ अचेल डर ।
कति बेला के हुन्छ खै यही सोच्छु जैले
निर्मलाको ठाउँमा आफू पाउन थालेँ मैले ।
छोरी भई जन्मिनु एक पाप नै हो भनी
नजन्माऊ आमा अब छोरी कैले पनि ।
लेखकको सम्वन्धमा