गजल
किन आउँछ कोही जिन्दगीमा जो नचाहिएको हुन्छ
किन आउँछ कसैको याद जसलाई नपाइएको हुन्छ ।
यो मनुष्यको बानी यस्तै हो कि प्रकृतिको नियम यस्तै
नभएकालाई सम्झी, हुनेको बेवास्ता गरिएको हुन्छ ।
कुनै समय जाने मान्छे पनि निकै खास थियो मनको
जसको यादले जीवित हुँदा पनि मन जलाइएको हुन्छ ।
म दोधारमा हुँदा उसले सही बाटो र समय बुझायो
अनि त उसकै लागि मन्दिरमा फूल चढाइएको हुन्छ ।
उसले मलाई धोका मात्र होइन धेरै ज्ञान, ध्यान दियो
त्यसैले त छाडेपछि नि घृणा होइन सम्मान भरिएको हुन्छ ।
लेखकको सम्वन्धमा