मेरो विद्यालय
हामी विद्यार्थीले हाम्रो आधा समय विद्यालयमा बिताउँछौँ । हामीलाई सफल हुन शिक्षाको जरुरत हुन्छ । हामीलाई सफल र असल बनाउन विद्यालयको ठुलो भूमिका हुन्छ त्यसैले मलाई मेरो विद्यालय धेरै मनपर्छ ।
मेरो विद्यालयको नाम के एम सी विद्यालय हो । म चार कक्षामा पढ्छु । पढ्नका लागि बिहान ९ बजे विद्यालय पुग्नुपर्छ । म मेरो विद्यालयमा धेरै कुरा सिक्छु । मलाई पढ्न र लेख्न धेरै मनपर्छ । मलाई खेल्न, गीत र कविता गाउन पनि मनपर्छ । नाच्न र शैक्षिक भ्रमणमा जान पनि उत्तिकै मनपर्छ ।
मेरो विद्यालय काठमाडौँको शङ्खमूलमा पर्छ । मेरो विद्यालयमा शिशु कक्षादेखि कक्षा दशसम्म पढाइ हुन्छ । बिहानी सभा ठुलो चौरमा हुन्छ । हाम्रो विद्यालय चारैतिरबाट पर्खालले घेरिएको छ । पर्खालभित्र आठ वटा भवन छन् । हाम्रो विद्यालयमा १९ वटा बस छन् । हामीलाई शिक्षक शिक्षिकाले पढाउनुहुन्छ । हाम्रो विद्यालयमा ठुलाले सानालाई माया गर्छन् र सानाले ठुलालाई आदार सम्मान गर्छन् । हाम्रो विद्यालयमा विभिन्न थरीका अतिरिक्त क्रियाकलाप हुन्छन्; जस्तै : वक्तृत्वकला, हाजिरीजवाफ, चित्रकला, कविता र कथा लेखन, नृत्यकला आदि । यस्ता कार्यक्रममा म पनि भाग लिन्छु । नयाँ कुरा सिक्न पाउँदा धेरै मज्जा आउँछ । गुरुबा र गुरुआमाले सधैँ हौसला दिइरहनु हुन्छ । उहाँले हौसला दिँदा म फुरुङ्ग पर्छु र नयाँ कुरा सिक्न मन लाग्छ ।
विद्यालय जीवनोपयोगी कुरा सिकाउने ठाउँ पनि हो । कुन बाटो हिँड्ने, कुन बाटो नहिँड्ने जस्ता धेरै कुरा मैले विद्यालयमा सिक्न पाएको छु । मलाई मेरो विद्यालय दुनियाँकै सबैभन्दा राम्रो विद्यालय लाग्छ ।
लेखकको सम्वन्धमा