नेलआर्ट

नेल आर्ट अर्थात् नङ रङ्‍गाउने वा सजाउने कला । सुन्दा सामान्य र सजिलो लाग्ने यो कला आजभोलि निकै लोकप्रिय बन्दै गएको छ । यो आफ्नो पहिचान र रचनात्मक सिप देखाउने माध्यम बन्न पुगेको छ ।

कलाका पारखीहरू नङलाई सानो क्यान्भासका रूपमा हेर्छन् । नङरूपी क्यानभासमा विभिन्न रङ पोत्छन्, डिजाइन गर्छन् र उत्कृष्ट कलाको प्रदर्शन गर्छन् । यसका लागि उनीहरू चिन्तन, मनन र अध्ययनसमेत गर्छन् ।

नेल आर्टको अवधारणा २० औं शताब्दीदेखि नै सुरु भएको पाइन्छ । पहिले Egyptians र Babylonians ले कलर दाइज र हेनाको प्रयोग गरी नङ सिँगार्ने गरेका थिए । बिस्तारै नेल पोलिसको प्रयोग बढ्न थाल्यो । यसले नेल आर्टलाई थप पहुँचयोग्य बनायो । त्यसपछि नेल आर्टमा विविधता पनि बढ्दै गयो ।

आजभोलि नेल आर्ट सम्भावनाको खानीका रूपमा पनि चिनिन थालेको छ । यसमा कलाका अनेक सम्भावना देखिएका छन् । यस आर्टमा French manicure, पोल्का डट्सदेखि लिएर विभिन्न patterns र डिजाइनहरू बढ्दै छन् । यसरी र यति प्रकारले नेल आर्ट गरिन्छ भनी ठ्याक भन्न कठिन नै छ । किनभने असीमित तरिकाले नङमा कला देखाउन सकिन्छ ।

नेल आर्ट केवल आर्ट मात्र होइन । यसलाई एउटा उद्योगका रूपमा बुझ्‍नु उचित हुन्छ । यहाँ विभिन्न कला उत्पादन हुन्छन् । तिनको उपभोग हुन्छ । उत्पादनका लागि दक्ष कामदार / कलाकारको आवश्यक्ता पर्छ । उपभोग गर्नेहरूले पैसा खर्च गर्छन् । यसरी नेल आर्टलाई एउटा उद्योगका रूपमा विकास गर्न सकिन्छ । यसले धेरै बेरोजगारलाई रोजगारी दिन्छ । राज्यलाई राजश्व दिन्छ ।

यसबाहेक, नेल आर्टले therapeutic र meditative अनुभूति पनि दिने गर्छ । यति हुँदा हुँदै नेल आर्ट गर्ने र गराउने व्यक्तिमा प्रशस्त धैर्य चाहिन्छ । रचनात्मक कला चाहिन्छ । अनि  गर्छु र गराउँछु भन्ने दृढ इच्छा शक्ति चाहिन्छ ।

नेल आर्ट एउटा सामान्य सौन्दर्यवर्धक कला मात्र हैन । यो आफ्नो व्यक्तित्व, सिप र भरोसा बढाउने अवसर र माध्यम पनि हो । यसमा युवाहरूको सौन्दर्य मात्र होइन; देशको सुन्दर भविष्य पनि देख्‍न सकिन्छ । नेल आर्टका डिजाइनहरू सँगैसँगै यस क्षेत्रमा अनगिन्ती अवसर र सम्भावना बढ्न सक्छन् ।