तिमी आउनू
पछाडि फर्केर त
पराईले पनि हेर्छन् घरीघरी
तिमी पर्खिने गरी आउनू
याद कसै न कसै जसको पनि गरिन्छ
खोजी गर्ने गरी आउनू
तिमी सेतो रङ बोकेर आउनू
शान्तिबाट शक्तिसम्मको रङ भरौँला
विश्वासबाट भक्तिसम्मको यात्रा गरौँला
मन उडाई लग्ने बतास बनेर हैन
मन चुडाइलग्ने ती आस बनेर हैन
मन मनमा थमाउने साहस बनेर आउनू
तिमी आउनू
तिमीलाई नै लिएर आउनू
प्रिय वसन्त
तिमी आउनू
जसलाई सजाउन सजावटको जरुरी नहोस्
जसलाई बुझाउन वाणीको जरुरत नहोस्
त्यस्तो वाण बनेर आउनू
म दृढ निशाना बनिरहने छु ।
लेखकको सम्वन्धमा