गजल
खोजे कतै भेटिएला नुनकै पनि जिन्दगी
देखे जस्तो कहाँ छ र ? उनकै पनि जिन्दगी ।
आगो स्वयम् जलिरैछ, नदी नित्य बगिरैछ
मादल ठोकेपछि खुल्छ धुनकै पनि जिन्दगी ।
चोटैचोट आइलाग्छ हाँस्छु भन्दाखेरी पनि
जलेपछि मात्र बन्छ सुनकै पनि जिन्दगी ।
सानो छ यो जे जे गरौँ भन्न कहाँ पाइन्छ र ?
मकैसँगै किन पिस्छौ ? घुनकै पनि जिन्दगी ।
टिपे पनि हाँस्छ फूल सुवास छरूँ भनी
जून जस्तो कहाँ छ र ? जूनकै पनि जिन्दगी ।
लेखकको सम्वन्धमा