परदेशी
ए परदेशी फर्किआऊ अब त फर्किआऊ
तिम्रै पर्खाइमा याे प्राण बितिरहेकाे छ
तिम्रो स्पर्शमा याे मन अतालिरहेकाे छ
परदेशीको बाटो हेर्दै आँखाहरू राेइरहेको छ
राताे क्षितिजले मन पिराेल्छ
याे बाध्यताले मुटु रेटेकाे छ
प्रत्येक रात रहरहरू तड्पँदै मरेकाे छ
त्यो परदेशमा कति हराउँछौ सुखका दिन खोज्दै
फर्किआऊ ए परदेशी अब त फर्किआऊ
उता पसिनाले समुन्द्र बनेको छ
यता आँसुले नदी बगेको छ
यादमा मन तड्पिरहेकाे छ
तिम्रा लागि गरिएका श्रृङ्गारहरू मेट्टिएर गए
बिछाेडमा प्रत्येक रातकाे तड्पनले
झरेकाे फूल झैँ जवानी यसै ओइलिएर गयाे
पल पल पर्खाइमा देह गलेर गयो
एक बिहान पधेरीमा आँखा रसाँउछ
निराशामा खुसीहरू मरेर गए
सयौं ऋतुहरू यादमा फेरिएर गए
तिम्रो सम्झनामा राेपेका गुराँसहरू ओइलिएर झरे
प्रतीक्षामा मन जलरहेको छ
ए परदेशी फर्किआऊ अब त फर्किआऊ ।
(प्रणय देव कवि भद्र श्री “प्रणु” द्वरा रचित पुस्तक
‘राष्ट्र प्रेम’ गध्य कविता सङ्ग्रह बाट साभार गरिएकाे)
लेखकको सम्वन्धमा