January 14, 2025, Tuesday
२०८१ माघ २, बुधबार

मेरी आमा

उनी मेरी आमा हुन्
उनी मेरी आमा हुन्
मलाई जीवन दिने
उनी मेरी आमा हुन्

तिमी सबैकी प्यारी हौ, तिमी स्नेहको खानी
सधैँ वरिपरि डुल्ने म तिम्रै आँखाकी नानी 
तिमीले मेरा लागि के गर्यौ, के गरिनौ ?
आफ्नो ख्यालै नगरी दिनरात मेरै ख्याल गर्याै 

तिमी मेरी मनकी रानी ​​
तिमी मेरी प्रेमकी खानी
तिमीलाई सुन्दर बनाउँछु
तिम्रा सपनालाई आफ्नो ठानी
खुसी छर्ने छु ।
बुढेसकालसम्म सँगै बस्ने छु
प्रेम मूर्ति तिमी हाै
हे मेरी आमा, हे मेरी आमा ।।