September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

खेलकुदको महत्त्व

हाम्रो शरीरलाई तन्दुरुस्त राख्‍न गरिने क्रियाकलापलाई खेलकुद भनिन्छ । पढाइ र खेलकुद दुवै महत्त्वपूर्ण हुन्छन् । त्यसैले पढाइलाई मात्रै ध्यान दिन्छु भन्नु हुँदैन । दुवैलाई सगँसगैँ अगाडि बढाउनुपर्छ ।

खेल घरभित्र खेलिने र घर बाहिर खेलिने खेल गरी खेलकुदका दुई प्रकारका हुन्छन् । घरभित्र खेलिने खेलअन्तर्गत सतरन्ज, टेबलटेनिस, क्यारमबोर्ड, बाघचाल आदि पर्दछन् । घरबाहिर खेलिने खेलअन्तर्गत फुटबल, ब्याडमिन्टन, भलिबल, बास्केटबल आदि पर्दछन् ।

खेलकुदका विभिन्न फाइदा छन् । यसले शरीरका विभिन्न अङ्गलाई चलायमान बनाउँछ र व्यक्तिलाई फुर्तिलो बनाउँछ । व्यक्तिमा आत्मविश्वास जगाउँछ । आपसमा सहयोग गर्ने बानीको विकास गराउँछ । मित्रताको भावना बृद्धि गराउँदै साथीभाइबिचको सम्बन्ध बलियो बनाउँछ । उरूलाई सम्मान गर्न पनि सिकाउँछ ।

खेलबाट पैसासँगै इज्जत कमाउन पनि सकिन्छ । हामीलाई स्वास्थ्य जीवन बाँच्न मदत गर्ने खेलको महत्त्व हामी सबैले बुझ्न जरुरी छ ।