तिमी
हरेक दिन, आकाशका तारा गन्छु
सोच्दै मात्र तिमीलाई
अनेक गीतका पङ्क्तिहरू
गायिका झैँ गाउँछु र सम्झन्छु हरेक रात तिमीलाई
सूर्यले जून नदेखे झैँ आँखाको दृष्टिमा कतै छैनौँ त खै ?
तर ताराले जूनलाई चिने झैँ झलझलती याद आउँछ तिम्रै
जति माया मार्न खोज्दा पनि आँखाको झझल्कोमै तिमी हुन्छौ
खुट्टाका हरेक पाइलामा मेरो पाउजुको आवाज सुनी नाच्थ्यौ
कमलको फूको थुँगा झैँ मन हुने गरी कमलो बोली बोल्थ्यौ
नाँच्दै, गाउँदै, रमाउँदै, अब फेरि कुन रूपमा मेरो जीवनामा फर्कन्छ्यौ ?
समयले यति दिन भयो, अझै पनि पीडा मारेन
वर्षौँदेखि लागेको कालो बादलबाट अहिलेसम्म वर्षा झरेन
हरेक दिन तारा गन्दा छेउमा तिमीलाई सम्झन्छु
आशा छ अर्को जुनीमा भाग्यले तिमीसँग यस्तो विधि खेलवाड नगराेस् ।।
लेखकको सम्वन्धमा