December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

गजल

तिमीले तिम्रो रगत बगाएर बचाएको यो देश
पराईले कि ज्यान कि देश भन्दा नि बचाएको यो देश ।।

आफ्नो पूरै जवानी, परिवार र आफ्नालाई भुलेर
दिनरात नभनी लडेर तिमीहरूले बचाएको यो देश ।।

म मरे नि मलाई जन्माउने नेपाल आमा बचाउछु भन्दै
भोकै प्यासै डटेर तिमीहरूले बचाएको यो देश ।।

अङ्ग्रेजका आधुनिक गोली र बम खेप्दै खादै
गोर्खालीको सान खुकुरी नचाउँदै बचाएको यो देश ।।

‘यो मेरो, सबै मेरो’ भन्ने आजका नेताको होइन
आफू मरेर बाचाउने हाम्रो भन्दा नि तिम्रो हो यो देश ।।

गर्व छ यस्ता सन्तान जन्माउने नेपाल आमालाई ।
तिमी जस्तै अर्को सन्तान जन्मने पर्खाइमा छ यो देश ।।