January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँद्वारा दुई पुरस्कारको घोषणा

२०८० माघ १४, काठमाडौँ ।

नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले यस वर्ष अर्पण गरिने दुई पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले मुक्तक दिवसको अवसर पारेर पाँच दशकअघिदेखि मुक्तक साहित्यमा अनवरतरूपमा कलम चलाउँदै आउनुभएका प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार २०८०’ र २०७९ सालभरिमा प्रकाशित प्रतिष्ठानलाई प्राप्त नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको मुक्तककृतिलाई अर्पण गरिने रु. ३१ हजार रुपैयाँको ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ अनुराधा ढकाल (चितवन) को मुक्तककृति ‘आरब्ध’ लाई अर्पण गर्ने निर्णय गरेको छ । यी दुवै पुरस्कारहरू नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कालजयी सष्टाहरू कृष्णप्रसाद पराजुली, रत्नशम्सेर थापा र चेतन कार्कीको सम्मानमा स्थापित पुरस्कारहरू हुन् । 

सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली साहित्यका विशिष्ट स्रष्टा रत्नशम्सेर थापाको पहिलो मुक्तककृति ‘शीतको रुनझुन’ को समेत लोकार्पण गरिने प्रतिष्ठानले जनाएको छ । 

यही माघ १८ गते मुक्तक दिवसको अवसरमा काठमाडौँमा आयोजना गरिने समारोहमा उपर्युक्त दुवै पुरस्कारहरू अर्पण र कृतिलोकार्पण गरिने छन् ।