June 7, 2026, Sunday
२०८३ जेष्ठ २४, आईतवार

यौनजीवन

दबाएर मनोभाव हत्या हिंसा भइरहे
बदनाम भइन्छ कि कतै मौन रहिरहे
नियन्त्रित भए मात्र चल्दैन यौन जीवन
बिनाखुसी धकेलेर जकेडिन्छ अरू झन् ।

संस्कार यो कमै बुझ्ने नारीको मनभावना
प्रचार नै बढी हुन्छ समाजमा दुर्भावना
फाटो हुन्छ नमिलेमा माग पूरा शरीरको
बिस्फोट भो कतैभित्र एक पक्ष मरी रह्यो ।

कदर छैन पतिपत्नी संवादको अभावले
ध्यान ख्याल कमै हुन्छ गोप्यता मनभावले
आवश्यक अवश्य छ भौतिक धनका कुरा
यिनै मात्र हुँदैनन् है माग शरीरका पूरा ।

सम्बन्ध नबुझे हुन्छ एकपक्ष रुचि खुसी
राम्रो हुन्छ निभाएमा यौन साथी छनक बुझी
बुझ लौ यौन सम्बन्ध दुवैको अधिकार हो
यौन सुख परस्पर प्रत्येकको कर्तव्य हो । 

जीवनरथ अघि बढ्छ दुई व्यक्ति मिलापमा
समय त पछि मिल्छ किन जानु खिलापमा
एकअर्का मिले मात्र सम्बन्ध हो व्यवस्थित
समझदारी बने मात्र हुने छ यो मर्यादित ।