जस रावलका चार मुक्तक
एक
मैले गर्दा तिम्राे हाँसाे मासिएला कहिले ?
मेराे दु:ख तिम्राे मनमा टाँसिएला कहिले ?
नगराैँ भाे कुराकानी अब हामी छुट्नुपर्छ,
नचाहेरै लगनगाँठो गाँसिएला कहिले ?
दुई
पैसा हुन्छ पावर चल्छ संसार फरक छ
मान्छेहरूकाे वर्ग बाँड्ने आधार फरक छ
धर्म एउटै संस्कार एउटै तर पनि मान्छेहरूको,
एकअर्कामा गर्नै नहुने व्यवहार फरक छ ।
तीन
यात्रा प्रारम्भदेखि नै त्यहीँ जान मन थियाे
मनमा साँचिएकाे एउटा पुरानाे खटन थियाे
ढिलाे चाँडो त्यही खटन पूरा गरेकाे मात्रै हुँ,
आज बिहानैकाे यात्रा पशुपति दर्शन थियाे ।
चार
बतास लागे पात हल्लन्छ रुखै ढल्याे नसम्झनु
अर्काे बाेटकाे कलमी हाे चाँडै फल्याे नसम्झनु
परिस्थितिले केही समय टाढिएकाे छ आमा छाेराे,
गाउँ छाेडी सहर पस्याे आँखा छल्याे नसम्झनु ।
लेखकको सम्वन्धमा