February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

चार मुक्तक

एक
फन्काे मार्छन् हाल्छन् घेराे आफन्त पर्छन्
यही छ जिन्दगीको सेराेफेराे आफन्त पर्छन्
कुरा काट्नेहरूकाे अर्को विषयवस्तुमा,
तपाईँकाे काे को पर्छन् मेरा आफन्त पर्छन् ।

दुई
मनका वेदना पिर मर्का धोएर भए पनि
तातो रड बिजुलीको तार छोएर भए पनि
तिमी हाँस्दाखेरी साह्रै राम्री देखिन्छौ प्रिया,
हँसाइराख्‍ने छु तिमीलाई म रोएर भए पनि ।

तीन
मेरो लायकको केटा यहाँ कुन छ भन्छौ भने
सम्हालियोस् त्यो मन सधैँ रुन्छ भन्छौ भने
खुसी दिन्छु साथ छोड्दिनँ बाचा भयो मेरो,
जन्ती लिएरै आउँछु तिम्ले हुन्छ भन्छौ भने ।

चार
म, तिमी र आफन्तका लागि हित हुने छ
यसै गरी नै धेरै सिङ्गलहरूको जित हुने छ
यो भ्यालेन्टाइनडेमा मात्र तिमी आइदिने भए,
तिम्रै आवेदन यहाँ निर्विरोध पारित हुने छ ।