June 13, 2024, Thursday
२०८१ जेष्ठ ३१, बिहीबार

गीतकार दिलिप योञ्जन तामाङको शब्दमा ‘सोनाम ल्होछार’ गीत सार्वजनिक

काठमाडौँ । गीतकार दिलिप योञ्जन तामाङको शब्द, गायक सुभ तामाङ  र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम ल्होछार’ सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् संसारभरि छरिएर बसेका तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘सोनाम लोछार डम्फु र टुङ्ग्ना’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछार अर्थात् तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापको भाव अगाडि बढाउने गीतकार योञ्जनको भनाइ छ । उक्त गीतमा डिवी लामाले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन जोगलाल लामाको रहेको छ । ‘डम्फु र टुङ्गना बजाउँदै’ सोनाम ल्होछार मनाउनका लागि गीतमा आग्रह गरिएको छ ।

‘सोनाम ल्होछार’ गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।https://www.youtube.com/embed/Nsl8EkndBeM?si=lRn6M3peKm3gdqnP