May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार

खाली खल्ती

पीडा केलाई भनिन्छ ?
त्यो खाली खल्ती भएको मानिसलाई सोध्नुहोस्
जोसँग हजारौं इच्छा, सपना भए पनि
खाली खल्तीमै सकिन्छ

पीडा त त्यहाँ हुन्छ, जहाँ रमाउने उमेरमा
खाली खल्ती समाइराख्नु पर्छ
महोदय !
पीडाले मानिसलाई जिउन सिकाउँछ
खाली खल्तीले कमाउन
जुनसुकै परिस्थिति भए पनि
रमाउन सिकाउँछ 

अरूले सोध्लान् खाली खल्ती नै हो ?
तर के थाहा !
त्यही खाली खल्तीले आफन्त हुन्छ पराई

अझै पनि मानिस यो खाली खल्ती हेरी हाँस्दै छन्
जुन खल्तीले उनीहरूलाई हँसाएको छ
त्यही खाली खल्तीले भन्छ –
धेरै कमाउनु छ
धेरै रमाउनु छ
म भन्छु-
खाली खल्तीको उधारो चुकाउनु छ ।