गजल

तिमीले ब्लक अनब्लकको खेल खेल्नुपर्दैन भो
मलाई आजैबाट तिमीले झेल्नुपर्दैन भो ।
घरमा भएकीले थाहा पाइहाल्छौ कि भनी
लुकाउँदै लुकाउँदै अरूको तस्वीर हेर्नुपर्दैन भो ।
यसले मलाई छाडेर जान्छे कि भन्ने डरमा
बेलाबेलामा चिप्लो घस्न आउनुपर्दैन भो !
तारिफको फूलबुट्टा आफूमा बाँध्नका लागि
सबका अघि झुटो माया गर्नुपर्दैन भो ।
तिम्रो व्यवहारदेखि अघाइसकेँ टाढा हुन्छु अब
झुटो आँसु देखाउँदै बाटो छेक्नुपर्दैन भो ।
लेखकको सम्वन्धमा