February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

मानसिक तनाव

आफ्नो काल्पनिक संसार मेरो छ यस्तो
एक्लै छु म जहाँ सिंह जस्तो
छैनन् सोध्‍ने कोही मलाई छैन कोही आफन्त
दुःखमा साथ दिँदैनन् नि सुखमा केवल जन्त
एक्लो लाग्छ आज मलाई लाग्छ संसार शून्य
चहलपहल चारैतिर तर लाग्छ संसार अँध्यारो कुनो
भन्नलाई सयौँ साथी छैन कोही सच्चा
बनूँ है लागिसक्यो एक पटक फेरि बच्चा
जब सबै साथ आफ्नो हुन्थे सबै साथीसङ्गी
रमाइलो लाग्थ्यो संसार जीवन सप्तरङ्गी
आज हाँस्‍न मनले चाहँदैन सक्दिनँ नि रुन
सक्दिनँ है कसैसामु कमजोर पनि हुन
आशा सबै मरे मेरा जल्यो नि हाँसो
जिन्दगीको हरेक कदम लाग्दै छ मृत्युको पासो
एकोहोरो भइसकेँ उमङ्गको छ अभाव
व्यक्त कसरी गरूँ म मानसिक यो तनाव ?