February 28, 2024, Wednesday
२०८० फाल्गुन १७, बिहीबार

चाहना बढ्दै गो…

काठमाडौं  । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’ सार्वजनिक भएको छ ।

गीतमा सरगम राईको शब्द तथा सङ्‍गीत र सबिन  लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ ।

प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । आफ्नी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा व्यक्त गरेका छन् ।

सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायाङ्‍कन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ ।

भिडियो ः

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/0khhQj2ybbw?si=Pz7dx1SEpzejDmxI” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>