February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

मेरो देश नेपाल

मेरो देशको नाम नेपाल हो । नेपाल प्राकृतिक सौन्दर्य र संसाधनमा धनी छ । यो दक्षिण एसियाको एउटा राष्ट्र हो । यो भारत र चीनका बिचमा अवस्थित छ । यो विकासोन्मुख देश हो । नेपालको कुल क्षेत्रफल एक लाख सतचालिस हजार एक सय एकासी वर्ग किलामिटर छ ।

नेपाल धार्मिक र ऐतिहासिक सम्पदामा धनी छ। नेपाल एक त्यस्तो देश हो जुन समुद्रसँग जोडिएको छैन । यहाँ कोशी, गण्डकी र कर्णाली जस्ता लामा नदी छन् । नेपालमा रूपा, बेगनास रारा आदि ठुला तालहरू छन् । नेपाल प्राकृ‌तिक सौन्दर्यले पनि धनी छ । नेपालमा तीन भौगोलिक क्षेत्र छन् । ती पहाडी, हिमाली र तराई क्षेत्र हुन् । हिमाली क्षेत्रले नेपालको पन्ध्र प्रतिशत जमिन ओगटेको छ । नेपालको अठसाट्ठी प्रतिशत जमिन पहाडी क्षेत्रले र तराई क्षेत्र‌ले सत्र प्रतिशत जमिन ओगटेको छ । नेपालमा विश्वको सबैभन्दा अग्लो हिमाल छ । जुन चाहिँ सगरमाथा हो ।

यहाँ लगभग १०० भाषाहरू बोलिन्छन् । नेपालका धेरै मानिसहरूले बोल्ने भाषा नेपाली हो । नेपालमा विभिन्न जातजाति र धर्म मान्ने मानिसहरू छन् । यहाँ जाति र धर्मको नाममा झगडा गर्नुको सट्टा तिनीहरूसँगै मिलेर बस्छन् । नेपालमा बाहुन, क्षेत्री, नेवारहरू धेरै छन् । यहाँ धेरैले मान्ने धर्म हिन्दू र बौद्ध हुन् । दसैँ, तिहार, ल्होसार, इद, कोली, शिवरात्री आदि यहाँका लोकप्रिय चाडपर्वहरू हुन् । मानिसले यी चाडहरू धेरै खुसी साथ मनाउँछन् । नेपालमा धेरै प्रकारका खाना छन् । तीमध्ये लोकप्रिय खाना भात, ढिँडो, गुन्द्रुक आदि हुन् । 

नेपाल जलस्रोतमा धनी देश हो । यहाँको जलस्रोतबाट धेरै बिजुली उत्पादन गर्न सकिन्छ । नेपालले भौतिक सुविधाको विकास गर्नुपर्छ । यसो गर्ने हो भने यहाँ आउने पर्यटकहरूको सङ्ख्या बढाउन सकिन्छ । त्यसका लागि नेपालमा यातायात, सुरक्षा, होटल आदि कुराको विकास गर्नुपर्छ । अनि धेरै पर्यटक नेपालमा आउँछन् । जति धेरै पर्यटक नेपाल भ्रमण गर्छन् हामी त्यति नै धेरै विदेशी मुद्रा कमाउन सक्छौँ । 

नेपाली युवाहरू नेपालमा काम नपाएर विदेश जान्छन् । पर्यटन व्यवसाय बढाउन सके नेपालमै रोजगारी बढाउ सकिन्छ । नेपालमा रोजगारी बढे विदेश जाने युवाहरूको सङ्ख्या घट्न सक्छ । त्यसका साथै नेपालमा ठुला ठुला उद्योगहरू खोल्न सकिन्छ । जति बढी उद्योग खोल्न सकियो त्यति नै बढी रोजगारीको अवसर बढाउन सकिन्छ । नेपालमा कृषि उद्योगहरू खोल्न पनि सकिन्छ । धान, चामल, मकै, गहुँ, कोदो, जौ आदि अन्नको उत्पादन बढाउने हो भने नेपालीहरूले भोकै मर्नुपर्दैन । 

नेपालमा केही समस्यहरू त छन् तर ती समस्या समाधान गर्न सकिन्छ । यो संसारको सुन्दर देश हो । यही देशमा गौतम बुद्ध पनि जन्मिएका थिए । त्यसैले नेपाल बुद्धको देश पनि हो । बुद्धका देशमा जन्मन पाएकामा म आफूलाई भाग्यमानी सम्झन्छु । म यही देशको सेवा गर्न र यहीँ बस्‍न चाहन्छु ।