June 7, 2026, Sunday
२०८३ जेष्ठ २४, आईतवार

मेचीमा दुःख पर्दा…

मेचीलाई दुःख पर्दा कालीले नि हेर्नुपर्छ
स्वाधीनताको हाम्रो कथा सबैले सम्झनुपर्छ
सारा देशवासीको मनमनमा बस्‍नुपर्छ
मीले यो देशलाई सपार्नु पर्छ

मनमा दियो बालेर उज्यालो बनाउनु छ
सगरमाथा शिर हो देशको सबैलाई चिनाउनु छ
हृदयमा प्रेमको भावनाले सजाउनु छ
देश र जनतालाई सङ्‍कटबाट बचाउनु छ

खोलेर मनको चाहना बताउनु छ
स्वाधीनता गौरवको उचाइ जनजनमा फैलाउनु छ
देशको समृद्धिको र देशवासीको सुखको कामना गर्नु छ
खुसी हुँदा मनबाट धेरै कुरा बताउनु छ

मेचीलाई दुःख पर्दा कालीले नि हेर्नुपर्छ
स्वाधीनताको हाम्रो कथा सबैले सम्झनुपर्छ
सारा देशवासीको मनमनमा बस्‍नुपर्छ
हामीले यो देशलाई सपार्नु छ ।