May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार

ऋतुवर्णन

वसन्तले भन्छ ऋतुमा म ठुलो
फुल्याे सुनखरी लालिगुराँस फुल्ने
हरेक बाेटबिरुवामा पलाउने पाउला
अग्‍निकाे भय फेर पवनले बिताउला ।

जब गृष्म आउँछ जमिनै तताई
पहाडमा छ कुहिराे गर्मी छ तराई
बिउ राख्‍ने खेतमा धान राेप्‍ने  बेला हाे
यही बुझौं हामी गृष्मकाे याे खेला हाे ।

बर्सिन्छ वर्षा बढ्छन् खाेलानाला
तराईमा छ कटान पहाड पहिरो जाला
विचार गर्दै बस्‍नु मनमा डराई
याे हाे ऋतु वर्षा थाहा हाेस् सबैलाई ।

शरदकाे  उज्यालो जब ज्याेति छायाे
खुसी छन् दुनियाँ दसैंतिहार आयो
टाढा टाढाबाट आफन्त नि आउने
भेटघाट गर्ने अति नै रमाउने ।

हेमन्तमा नयाँ अन्न खाने पकाउने
रवि प्याराे लाग्‍ने आफ्नो ज्यान तताउने
याे हाे दक्षिणायनकाे अति नै छाेटाे दिन
सुटुक्क बित्छ दिन नबसी एकैछिन ।

शिशिरकाे ठन्डा काम्नु पर्ने थरथर
हिमपातकाे वर्षा बर्सिन्छ बरबर
ती बुढापाका राेगीलाई जाेगाउन
ताताे न्यानो लुगा किनौँ है लगाउन ।

छ ऋतुहरुकाे वर्णन यत्ति अहिले
सबै व्याख्या गर्न कहाँ सक्थेँ  नि मैले
ऋतु, मास, पक्ष, हप्ता बार र दिन छन्
घण्टा, मिनेट, सेकेन्ड यी घुमिरहन्छन् ।