May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार

त्यो बगैँचा !

बिर्सन खोज्यौं कि  ?
ती हाम्रा गाउँबस्तीहरूलाई 
बुधे बालकहरूका गाँस काट्दै
खुवाउने ती बुढ़ी आमा र बाहरूलाई 
बिहान आठ नौ बजेका सूर्य जस्तै
फक्रँदै गरेका ती किरणहरूलाई
हामीले रोप्दै हिँडेका फूलका बिरुवामा
खिलखिलाउँदै फुल्न लागेका फूलहरूलाई
फर्किएर सिँचन गर्न छोड्यौँ कि ?
के साँच्चै बिर्सनै खोजियो कि ?
के समयको गतिलाई पछ्याउन खोज्दा 
भुल्न पो खोज्यौँ कि त्यो सुन्दर बगैँचालाई ?