May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार

बुबा

बुबा घर हाे
बुबा थर हाे
स्वच्छन्द र उन्मुक्त
बुबा डर हाे
बुबा अपरिभाषित प्रेम हाे
बुबा रहर हाे
सुन्दर र स्वर्गीय सहर हाे
बुबा खाना, नाना र छाना हाे
बुबा जून होइन घाम हाे
बुबा हर्ष हो
बुबा विगत र भविष्य हाे
बुबा आँट हाे
बुबा इमानदारिता हाे
बुबा मिठो निद्रा हाे
बुबा इज्जत र गाैरव हाे
बुबा पुष्पसाैरव हाे
बुबा मन्दिर हाे र धर्म हाे
बुबा संस्कार हाे र कर्म हाे
बुबा श्रम हाे र सिर्जना हाे
बुबा दसैँ, तिहार र तिज हाे
बुबा मिठो गीत हाे
बुबा सूक्ति हाे, ऋचा हाे
बुबा गजल हाे र गीता हाे
बुबा विवेक हाे
बुबा सिङ्गो वृक्ष होइन, काण्ड र जरा हो
बुबा अनाज होइन, खेतको गरा हाे
बुबा दृष्टि र दृष्टिकोण हाे
बुबा संसार हाे
बुबा नै जीवनकाे सार हाे
बुबा प्रेमकाे आधार हाे ।