February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

लक्ष्यमा पुग्‍नलाई…

लक्ष्यमा पुग्‍नलाई हामीले श्रम गरेर जानु छ
असल शासन ल्याउन हामीले सोच्‍नु छ
किन जान्छ युवा श्रमिक भएर विदेश ?
आफ्नै देशमा  केही गर्नु छ बनाउनु छ देश ।

 युवाले सोचे भने देशको भविष्य बदलिन्छ
श्रम गरे हामीले यही देशमा स्वर्ग भेटिन्छ
सम्हाल युवा जनशक्ति देशलाई सुन्दर बनाउनु छ
युवा हो देशको शक्ति देशको निर्माण गर्नु छ ।

देश समृद्ध बनाएर सबैमा विश्वास जोगाऊ
युवा हो देशको शक्ति पौरखी हात काममा लगाऊ ।