February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

नगारो

अष्टमीक दिन बिहानै आमाले पूजा सिद्धयाउनुभयो
म झन् झन् निन्द्रमा थिएँ आँखाहरू बन्द थिए
आँखाका परेली एक आपसमा बाँधिएका थिए 
चिरबिर चराहरूको आवाज  गुञ्जिदै थीयो 
सूर्यका किरणहरू मन्द थियो सिरोटो सुस्त सुस्त चल्दै थियो
फूलका पातहरू हरिया दुबोहरूमा शीतका लहरहरू उस्तै थिए 
म ओछ्यानमा लामो सास फेर्दै लुटपुटु गर्दै थिएँ 
अचानक नगरा बज्यो म ब्युँझिएँ 
नगराको आवाजले मनमा एउटा शान्ति ल्यायो
म बिस्तारै आँखा खोलेर बाहिर निस्कँदा नगारो नगरा बजाइरहेको थियो 
च्यात्तिएको टोपी, महिलो इस्टकोट अनि फाटेको जुत्ता
नगरो जुठे दमाई नगरा बजाइरहेको थियो 
जुठे दमाईको नगरामा एउटा प्रेम थियो 
आनन्दित सुवासको कम्पन थियो शान्ति थियो 
आमाले नगारोलाई तल बारीको मकैको ठुलो घोगा दिनुभयो
जुठे दमाईको नगरा मनसम्म गुञ्जिरहेको छ
जुठे दमाईको नगराले गाउँमा शान्ति फैलिएको छ
नगराको आवाज प्रत्येक आगन प्रत्येक घरसम्म गुञ्जिरहेको छ
जुठे दमाईले नगरा लगाउँदै  गाउँमा बाटामा गल्लीमा सन्देश पुर्याएको छ
गाउँघर मठमन्दिर सबै शुभकार्यमा जुठे दमाई नगरा लगाउँथ्यो 
विडम्बना नगरा लगाउँदै हिँड्ने जुठे दमाईलाई
आज धारामा पानी छोइएको कारण गाउँ डुलाइएको छ
गजोका ठाउँमा उसलाई लठ्ठी प्रहार भएको छ
शिरबाट रगतको धारा बगेको छ
फाटेका जुत्ताको माला, कालो अँगारले मुख पोतिएको छ
धारामा पानी छोइएको कारण ऊ गाउँबाट निकालिएको छ
आफ्नो नगरा घाँटीमा भिरेर 
नगरा लगाउँदा उठेका दुई घोगा मकै झोलीमा राखेर 
चिरिएका खाली पैताला सुस्त सुस्त सार्दै 
आँखामा टिलपिल आँसुहरू लिएर
नगारो गाउँ छाडेर गयो ।