January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

मनोहर माविले गर्यो निःशुल्क अभिभावक स्वास्थ्य परीक्षण

१५ मङ्सिर । मनोहर माध्यमिक विद्यालय, टोखामा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

एक विद्यालय, एक नर्स कार्यक्रमअन्तर्गत १५० भन्दा बढी अभिभावकलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

उक्त कार्यक्रममा स्वास्थ्य परीक्षणअन्तर्गत ब्लड प्रेसर, सुगर, उचाइअनुसारको वजनलगायत स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको थियो । 

कार्यक्रमका अध्यक्ष मच्चाकाजी महर्जनले विद्यार्थीसँगै अभिभावकलाई समेत स्वस्थ राख्‍न यस्ता कार्यक्रम धेरै सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि बाबुराम गौतमले टोखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वस्थ्य राख्‍नका लागि नगरपालिकाले सञ्‍चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ ले अभिभावकलाई समेत स्वस्थ रहन सहयोग पुगेको जिकिर गर्नुभयो ।

विद्यालयका निमित्त प्रधानाध्यापक कमला पौडेलले बिरामी भएर अस्पताल जानुभन्दा समयमै स्वास्थप्रति सचेत बन्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो । 

विद्यालय नर्स तथा उक्त कार्यक्रमका निर्देशक कविसा श्रेष्ठले स्वागत मन्तव्यका क्रममा अभिभावक स्वस्थ रहे बालबालिका पनि स्वस्थ रहन्छन् । अभिवाक र बालबालिका स्वस्थ रहे परिवार स्वस्थ रहन्छ र बालबालिकालाई अध्ययनको राम्रो वातावरण बन्छ भन्दै मनोहर माध्यमिक विद्यालयमा समय समयमा यस्ता कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिनुभयो ।

मनोहर माध्यमिक विद्यालयका शिक्षक रेणु कार्कीले गञ्‍चालन गर्नुभएको उक्त कार्यक्रममा ग्राण्डी, चिरायुलगायतका अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरूले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । 

करिब आधा घण्टाको औपचारिक कार्यक्रपश्चात् बिहान १०.३० बाट प्रारम्भ गरिएको स्वास्थ्य परीक्षण दिउसो ३.३० बजे स्वास्थ्य परीक्षणमा सम्लग्‍न स्वास्थकर्मीहरूलाई प्रमाणपत्र वितरण गरेपछि सम्पन्न भएको थियो ।