September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

खुसी

अँध्यारो रातमा खोज्दा भेटिएका खुसीका झिल्काहरू
बिस्तारै मनमा निभ्दै छन् खुसीहरू
मुटुमा धड्कन बनेर ओठमा मुस्कान बनेर
हिँड्दा हिँड्दा पाइलामा साथ बनेर
जीवनकाे काेपिलामा  हुन्छन् खुसीहरू
निलाे आकाशमा उडेका बादलहरू
अनायासै छुट्टिएर हराए झैँ
मनबाट हराएर जान्छन् खुसीहरू
शून्यतामा मुटुमा राेएका खुसीहरू
भावनामा बिझाएका खुसीहरू।
बतासले झरेको फूल झैँ ओइलिएर मर्छन्।
मनका अनुरागहरूमा फेरि खुसीहरू
खुसी हुने आशमा खुसीहरू पर्खिरहेका छन्।
खुसीहरू
विश्वासघातमा तड्पिरहेका छन् ।
मौनतामा चुपचाप राेइरहेका छन् ।
हरपल मुटुमा मरिरहेका छन्।
अतालिइन्छु  तडपन्छु शून्य आवाज मा चिच्याउँछु ।
ताराहरुमा खाेजिरहेकाे छु खुसीहरू ।
केही खुसीहरू फूलकाे सुवासहरूमा भेट्टिन्छन्।
केही खुसीहरू बगिरहेकाे नदीमा भेट्टिन्छन्।
केही खुसीहरू उडिरहेको पन्क्षीमा भेट्टिन्छन् ।
केही खुसीहरू निलाे आकाशमा भेट्टिन्छन्।
केही खुसीहरू इन्द्रेणीमा भेट्टिन्छन्।
केही खुसीहरू जूनकाे शीत्तलमा भेट्टिन्छन्।
केही खुसीहरू मिठाे यादमा भेटिन्छन् ।
क्षितिजसँगै अस्ताएका खुसी हरू ।
विवशतामा रेटिएका खुसीहरू।
चाेटैचाेटले  निलडाम खुसीहरू
विश्वासघातमा ठाेक्किएका खुसीहरू
हरपल आँखा रसाउँछ।
खाेज्दै जाँदा जिन्दगीका खुसीहरू
आँसुमा डुबिरहेका  छन्।
आँसुमा डुबेका जिन्दगीका खुसीहरू
खुसीहरू सारा मृत भेट्टिएका छन्।