कर

कर भन्नु के हो बुझ भाइ सबै
धन जोडी विकास जुटाउनमै
क्षमता कर तिर्न सके नसके
करको छल गर्नु त पुण्य छ के?

अरुलाई पनि सूचना त छरौँ
सुरुमै कर दी छुट प्राप्त गरौँ
ढल पानी सडक करकै छ भर
कर गैरकर पर्छ तिर्न तर ।

महिमा र महत्त्व प्रसङ्ग चुने
करबाट समग्र विकास हुने
कर कानुनका अधीनस्थ भई
तिर है त वडा नजिकै छ गई ।

घर शुल्क तिरेर सवारी कर
अनि यो भूमि वा व्यवसाय कर
जति छ दरमा पुँजी लाभकर
रजिस्ट्रेसनको असुली त गर ।

अभिलेख हिसाब दुरुस्त दिने
उत्तरदायी भई अधिकार लिने
सुविधा दिनु है त गुणस्तरको
मितव्ययी प्रयोग बनोस् करको ।
(कर सप्ताह २०८० को सन्दर्भमा रचिएको)