January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

गजल

आँगनका फूलहरू न टिप्‍न सकेको छु
परदेशी दाइलाई न त भुल्न सकेको छु l

वरिपरिका सबै रमाउँदै हिँडेको देख्दा
दाजु सम्झी आँसु न रोक्न सकेको छु  l

सबले घरआँगन झिलिमिली बनाउँदा
मैले एउटा दियो न त बाल्न सकेको छु l

गाउँका जम्मै देउसी भैलोमा झुमेका छन्
म देउसी भैलो गीतमा न नाच्‍न सकेको छु l

हरेक दाजुभाइ रङहरूले सजिएको देख्दा
परदेशीको खाली निधार न हेर्न सकेको छु