May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

गजल

यादमा रुदाँ यहाँ रात पनि  बिहानी हुन्छ ।
मेराे प्रेम गाथा सुनाऊँ भने यहाँ  कहानी हुन्छ । 

राजा वीर रिजन र रानी स्वरिजाकाे प्रेम जस्तै
उस्काे र मेराे प्रेमकाे पनि एउटा आहानी हुन्छ ।

मन बद्लिगएछ, उस्काे याे ऋतुकाे अंश जस्तै
आँसुकाे प्रेम सागरमा मेराे आँखा मुहानी हुन्छ ।

सम्बन्ध अलग भयाे नदीकाे दुई किनार जस्तै
पलभरकाे “याे प्रेम” उस्काे केवल  बहानी हुन्छ।