मेरो सानो भाइ
कति राम्रो हेर आहा मेरो सानो भाइ
इशान हो मेरो नाम उसको ठुलो दाइ ।।
गोरो गोरो छाला उसको लामो लामो कान
मिसन भनी राखिदिएँ मैले उसको नाम ।।
सानो सानो हात खुट्टा सानै उसको जिउ
उसलाई दिन्छु दुध-मह म चैँ खान्छु घिउ ।।
च्याँ च्याँ गरी रुन्छ भाइ मैले गाली गर्दा
चुप लागी सुतिरहन्छ पेट उसको भर्दा ।।
भोक लाग्दा निद्रा लाग्दा कहिलेकाँही रुन्छ
भाइ भनी बोलाउँदा कान थापी सुन्छ ।।
कोक्रो पनि कति राम्रो भाइलाई सुताउने
धेरैबेर सुतेपछि अनि उठाउने ।।
दाँत छैन, बोली छैन हेर्दाखेरी थोते
बा–आमाले माया गरी भन्नुहुन्छ गोथे ।।
ताते ताते गराउँदै भाइलाई डुलाउँछु
तीन वर्षको भएपछि स्कुल लिई आउँछु ।।
लेखकको सम्वन्धमा