January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

गायिका पाण्डे र गायक तिमल्सिनाको ल्याए दसैँ तिहार गीत ‘दशैं आयो तिहारै आयो’

काठमाडौँ । गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाको स्वर रहेको ‘दसैँ आयो तिहारै आयो’ https://www.youtube.com/watch?v=thznb-b5r4U बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा गीतकार रमेश दहालका शब्द, राजेन्द्र बजगाईँको सङ्गीत तथा मनोज परियारको एरेन्ज रहेको छ ।

दसैँ तथा तिहार पर्वमा नेपाली युवाहरूको खुसीको अवस्थालाई निर्देशक पूजा ठकुरीले कलात्मक शैलीमा भिडियोमा देखाएकी छिन् । भिडियोको छायाङ्कन राम केसी र सम्पादन विनोद बमले गरेका हुन् भने कोरियोग्राफ अनिल राईले गरेका हुन ।

भिडियोमा दिक्पाल कार्की, जुना कार्कीलगायत अन्य कलाकाल यस गीतसँग आबद्धको पनि पहिलो पल्ट अभिनय देख्न सकिन्छ । 

गायिका पाण्डे भन्छिन् “दशैँ-तिहारको शुभकामनासहित यो दशैँ-तिहार गीत केवल स्रोताहरूलाई समर्पण गर्दैछौँ । जीवनमा म आफैँ पनि पहिलो पटक स्क्रिनमा देखिएकी छु । मेरो रहर सम्झेर मलाई हौसला दिनुहोला साथै, मैले गाएको यस गीतमा आफ्नो मिहिनेत, समय, स्रोत र साधनसमेत खर्च गर्नुभएकोमा सम्पूर्ण स्रष्टालगायत प्राविधिक मित्रहरू सबैलाई धन्यवाद !”

गायिनमा आफ्नो सक्रियता बढाइरहेकी गायिका पाण्डेले अहिलेसम्म दुई दर्जन बढी गीतहरू रेकर्ड गराइसकेकी छिन् । उनका अन्य नयाँ गीतहरू रिलिजको क्रममा रहेका छन् ।