April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

गजल

अन्जान हुँदा पनि भेट्ने आस हुनुपर्छ
ऊ जस्तो होस् आफूलाई खास हुनुपर्छ ।

सम्बन्ध अन्तिमसम्म टिकाउनका लागि
एकअर्काबिच भित्रैदेखिको विश्वास हुनुपर्छ ।

पहिलोचोटि एक्कासि दुईको भेट हुँदा
झगडा होस् या मित्रता छुट्टै मिठास हुनुपर्छ । 

ऊ गुलाब जस्तो होस् या गुरधैली जस्तो
रङ जस्तो होस् उसमा  मिठो सुवास हुनुपर्छ ।

मान्छे हो गल्ती अवश्य हुन सक्ला तर
गल्ती स्विकार्दै अघि बढ्ने साहस हुनुपर्छ ।