February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

गजल

छिमेकमा नयाँ यान बनाउछन् अनि गुडाउँछन् उडाउँछन्
हाम्रामा बनेको सडक भत्काउँछन् अनि धुलो उडाउँछन्।

नेपाली बाआमा पनि कति गज्जबका छन् छन् हजुर
पर्दामा मनपर्ने जोडी समाजमा भए कुरा काट्छन् उडाउँछन्।

आफैँ अघि कसैले रक्सी चुरोट खाए कराउँछन्
आफु चै बट्टा-बट्टा लान्छन् एक्लै-एक्लै धुवा उडाउँछन् ।

लाग्छ नेपाल आमा रोएकी नेता र जनता उस्तै भएर हो
कोही खर्च गर्न, कोही कमाउन जहाज उडाउँछन् ।

चोकमा भेटिने अङ्‍कल पनि क्या मिठो गफ गर्छन् अचेल
मेरा सबै सन्तान देश भक्त भन्छन् अनि विदेश उडाउँछन् ।