June 7, 2026, Sunday
२०८३ जेष्ठ २४, आईतवार

हाम्रो नेपाल

सेताे सगरमाथाकाे चुचुरो हरियाा वन छन् कति
प्रकृतिले गरिछन् माया दिइछन् राम्रा कुरा जति 
पवित्र नदी  बग्दछन्  सप्तकोसी बागमतीहरू
नारायणी र कर्णाली, मेची,  माई अझै अरू।।

सेती बहन्छिन् सलसली  बहन्छन् अरू नै पनि
राप्ती, बबई, भेरी छौँ जल स्रोतका धनी 
छन्  ठुलठुला  मन्दिर पशुपति, मनकामना
पाथिभरा दक्षिणकाली गर्छन् दर्शन सबै जना ।।

फेवा, रारा र बेगनास गाेसाइकुण्ड नै पनि
रामजानकीकाे मन्दिर सीता जन्मस्थल हाे नि
स्वयम्भूका दुवै आँखा हेर्दछन् देशलाई घुमी
बुद्धम् शरणम गक्षामीकाे गुन्जिन्छ रसिलाे ध्वनि ।।

किच्चकबध  विराटपाेखरी अर्जुनधाराहरु पूरा
अझै कति हाेलान् यस्तै थाहा नपाएका कुरा
ताप्लेजुङदेखि लिएर दार्चुलासम्‍मनमा कति
पहाड पर्वत छन् राम्रा डाँडा छहरा पहरा जति ।।

अलैंची, अधुवादेखि धुपी सल्ला, गुराँस अरू
काणेभ्याकुर, डाँफे, कस्तूरी चौँरी ती रातापाण्डा नै हरू
झापादेखि कञ्चनपुरसम्मन मैदान पर्दछ कति
धान, काेदाे, मकै, गहुँ, ताेरी फल्छ अन्न भए जति ।।