मुटु दुख्छ साह्रोे
सहिदका रगतले भिजेको छ झन्डा
मलाई छ प्यारो त्यही लाल झन्डा
सहिद भो किन त्यो कसो थियो जीवनी
कोही छैन सोध्ने हुने भो कहानी ।।
ती पिस्करहरूका अतीत भन्न गाह्रो
कहाँ दुख्छ छाती खै भन्नलाई साह्रो
ती खोकु छिन्ताड्का पखेरु रुँदै छन्
यी सालिक सहिदका कहानी हुँदै छन् ।।
भिज्यो पाँच भाइका रगतले सुखानी
कोही छैन बुझ्ने हुने भो कहानी
इलामका एक तारा थिए रत्न प्यारो
नसोध मलाई क्षति भन्न गाह्रो ।।
करोडौं मुटुमा मदन बस्छ प्यारो
खोजिँदैन कैल्यै को थियो हत्यारो
साक्षी छ दासढुङ्गा त्रिशूलीको पानी
गुमायो देशले होनाहार जवानी ।।
कतै हेरी नेपाल अनि कान्तिपुरी
लडाईंमा परेरै गुम्यो प्राण पखेरी
हजारौं सहिदका नाऊँ भन्न गाह्रो
नसोध मलाई मुटु दुख्छ साह्रो ।।
लेखकको सम्वन्धमा