November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

मेरो देश, मेरो माया…

मेरो देश, मेरो माया, मेरो मुटु तिम्रा लागि धड्कन्छ
मेरो मन, मेरो आत्मादेखिको गहिरो सम्बन्ध छ
मैले देशको सेवा गर्ने प्रतिज्ञा गरेको छु
म एक देशभक्त हुँ नेपाल आमाको काख रोज्छु   

हिमाल, पहाड र तराई सबै नेपाली हौँ
देशमा  एकताबद्ध हामी सबै  खडा छौँ
हाम्रो देशमा शान्तिको ज्योति बाल्छौँ
हामी हाम्रो झन्डाको सम्मान गर्छौँ

जनको आशा, मार्गदर्शक सहिदको नाम सम्झनामा राखौँ
प्रत्येक सिपाहीको हृदयमा देशलाई सजाउछौँ
हामीले प्रेमको भावना मनमा राख्नुपर्छ
हाम्रो देशको विविधतायुक्त, संस्कृतिलाई जोगाउन सक्नुपर्छ

हामी एक हौँ, पशुपतिनाथको स्मरणमा छौँ
सबैमा ज्ञानको ज्योति छर्ने छौँ 
मेरो देश, मेरो माया, मेरो मुटु तिम्रा लागि धड्कन्छ
मेरो मन, मेरो आत्मादेखिको गहिरो सम्बन्ध छ ।