February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

शंकर कार्कीका केही शाब्दिक कविता

एक
तनाव मैले लिएँ
आँखामा तिमी बस्यौ
मनलाई अशान्ति दिएँ । 

दुई
प्रेमको आस
दिवा सपना
समयको नास । 

तीन
आँखा गयो
सुन्दरी रहेछौ
नपाउँदा तनाव । 

चार
बलेको रूप
भन्न गार्‍हो
तिमीलाई चाहान्छु । 

पाँच
दिनभर हेरियो
लजालु मुस्कान
लट्ठै दुनिया । 


कमैले पाउँछ
भाग्यमानी रहेछौ
सुन्दरताको खानी । 

सात
मायाको प्यास
नमेटिने कहिल्यै
उमेरले नछेक्ने । 

आठ
मर्दैन आस
नपाए पनि
तिमी खास । 

नौ
भेट्ने मन
सधैंभरि उही
नपाउने माया । 

दश
आकाशको जून
राम्री साच्चै
उनी हुन् ।