सविता खत्रीका केही शाब्दिक कविता
एक
बिहानी पल
सपनाकी रानी
खुल्यो जवानी ।
दुई
हार्दिक आभार
ज्ञानको ज्योति
उज्यालो मोती ।
तीन
आँखा लोभी
मन पापी
मानिस जाति ।
चार
पैसाको अभाव
मान्छेको स्वभाव
मुखको रवाफ ।
पाँच
शुभ रहोस्
बिहानीको प्रहर
शब्द जोडियोस्
काव्य बनोस् ।
छ
तिम्रो माया
तिम्रो साथ
मिठा बात ।
सात
बुद्धि नभाको
गोहीलाई भेट्न
किन गाको ?
आठ
मन चढाउने
लेखेर संसार
अघि बढाउने ।
नौ
वर्षाको पानी
सुनको खानी
कालीगण्डकीको तीर ।
दश
गरिबको हाल
दुनियाँलाई बाल
देखिन्छ चाल ।
लेखकको सम्वन्धमा