January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

इन्दिरा देवकोटाका केही  शाब्दिक कविता

एक
देश टुक्रा टुक्रा पार्यौ
जनता सबै महँगिले मार्यौ
बाचा कसम टाढा सार्यौ
रिनको बैसाखीले बैतर्नी तार्यौ !

दुई
तिमी महलमा गजक्क परी
बल्छ चुलो अब कसरी
हेर गरीको झुपडीमा झरी
भाषण मात्र दियौ थरीथरी ।

तीन
मूल्य बढेर आकाश छोयो
तिम्रो कामले मन रोयो
गरिबले दिनभर सातु फोयो
सपना सारा क्षणमै धोयो !

चार
रमाउने हाम्रा नेता
कहिले उता यता
गरिबका घेरै जेथा
कहॉबाट ? के थाहा !

पाँच
डलरमा रिन छ
कस्तो दिन छ
भॉङ खाएर हिँन्छ
अब कहॉ चिन्छ !


युवा हिँडे खाडी
बॉझा खेत बारी
बुकी फूल्यो टारी
गैरी खेत झाडी ।

सात
समयको खेला
सडकमा मेला
शिक्षक भेला
तातेको बेला ।

आठ
पोहोर खाएको दर
अहिले छैन भर
नजाऊ माइती पर
तिजको निम्तो गर ।